नेकपा (एकीकृत समाजवादी) का २२ जनाले बागी उम्मेदवारी फिर्ता लिएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभातर्फ चार र प्रदेशसभा सदस्यतर्फ १८ जनाले बागी उम्मेदवारी फिर्ता लिएका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार उम्मेदवारको नाम फिर्ता लिएको सम्बन्धमा विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभातर्फ ओखलढुङ्गाका उम्मेदवार योगेन्द्र बस्नेत, रामेछापका देवशंकर पौडेल, रसुवाका शिव लामिछाने र स्याङ्जाका विष्णु गिरीको उम्मेदवारी फिर्ता गर्ने निर्णय गरेको जानकारी दिए।
प्रदेशसभा सदस्यतर्फ सिन्धुलीका डेकेन्द्र सुवेदी र चित्र लुङ्गेली, रामेछापका झम्क कँडेल, सुर्खेतका शिवप्रसाद उपाध्याय, काभ्रेका बसुन्धरा हुमागाईँ, ओखलढुङ्गाका दिभराज दाहाल र कमलबहादुर खड्का, बर्दियाका दिलबहादुर केसी, लक्ष्मी शर्मा र हर्कबहादुर शाहीको उम्मेदवारी फिर्ता भएको हो।
यसैगरी, प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी फिर्ता हुनेमा रसुवाका रामप्रसाद न्यौपाने, तेह्रथुमका शिवनाथ खापुङ, गोरखाका जुद्ध विलास र टेकराज भट्ट, नुवाकोटको राजेश थापा, दार्चुलाको वीरबहादुर ठगुन्न, नुवाकोटका राजेन्द्रप्रसाद लोहनी र स्याङ्जाका शर्मिलादेवी पौडेल रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३