नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आसन्न ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।
सत्ता गठबन्धनले आइतबार काठमाडौँ–२ को काँडाघारीमा आयोजना गरेको कार्यक्रममा उनले प्रतिगमनविरोधी गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले नेपालमा सत्ता गठबन्धनकै भविष्य राम्रो रहेको तर्क गरे । मुलुकको स्वाभिमान उचो राक्न र जनताको अधिकार सुनिश्चित गर्न पनि सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो ।
नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रको रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको बताए । गठबन्धनका नेताहरुमा भविष्ययमा आउन सक्ने समस्या समाधान गर्ने हैसियतसमेत भएको बताए । गठबन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरु पनि भविष्यका प्रधानमन्त्री भएको उनको भनाइ थियो । उनले अबको प्रधानमन्त्री प्रचण्ड भएको तर्फ संकेत गरे ।
‘गठबन्धनमा रहेका महत्वपूर्ण नेताहरु र पार्टी भईसकेपछि हल गर्न नसकिने केही पनि छैन । त्यसकारण तपाईहरु उहाँसँग विश्वस्त भए हुन्छ । सँगसँगै केन्द्रबाट, मन्त्रीपरिषद्बाट अनेक खालका कानुनी अवरोधहरु आउलान, त्यसलाई हल गर्नका लागि पनि हाम्रो वर्तमान प्रधानमन्त्री त छँदै हुनुहुन्छ’, उनले भने, ‘ भविष्यका प्रधानमन्त्रीहरु पनि यही छन भन्ने पनि सबैको ध्यान जानुपर्ने आवश्यक्ता पर्छ । त्यसो भयो भने तपाईहरु यस निर्वाचन क्षेत्र नम्बर–२ मा यो वास्तवमा हुनुपर्ने क्षेत्र नम्बर १ हो । ’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३