बाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट काठमाडौँ – ८ ‘ख’ को निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ ।
काठमाडौँ – ८ मा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसको बाम-लोकतान्त्रिक गठबन्धन रहेको छ । प्रतिनिधि सभा सदस्य तर्फ एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ चुनावी प्रतिस्पर्धामा रहेका छन् भने प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसका अमिन पाण्डे र ‘क’ बाट राजुराज जोशी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचार प्रसारका लागि उक्त कार्यालयको शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जीवनराम श्रेष्ठ, प्रदेश ‘ख’ का उम्मेदवार अमिन पाण्डेलगायत गठबन्धन दलका नेताहरुको उपस्थिती रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३