निर्वाचन आयोगले काठमाडौँ–१ बाट प्रतिनिधिसभा सदस्यमा रवि लामिछानेको दल स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका पुकार बमसँग स्पष्टीकरण सोधेको छ ।
बम र उनका समर्थकले पुकार बम लेखिएको टि–सर्ट लगाएका कारण उनीसँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताको दफा १३ (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने’ व्यवस्था छ ।
बमसँग आयोगले सोधेको प्रश्नमा आफ्नो नाम अङ्कित टिसर्टको प्रयोग गर्दा गराउँदा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार र कारण मागेको छ ।
‘तपाईँबाट जानाजानरूपमा उक्त कार्य भएको भए तपाईँलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम जरिवाना किन गर्नु नपर्ने हो ?’, आयोगको पत्रमा भनिएको छ । बमलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७