एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनका काँग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा राप्रपा धेरै राम्रो दल भएको दाबी गरेका छन् ।
झापाको धुलाबारीमा बुधबार आयोजित कार्यक्रममा ओलीले सत्तारुढ गठबन्धनमा भएका दल सबै कठपुतली भएको आरोप लगाए । उनले राप्रपा राष्ट्रवादी र आफ्नै विवेकले चल्ने दल भएको जिकिर गरे । एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रशदेशसभा निर्वाचनमा देशभर राप्रपासँग तालमेल गरेको छ ।
ओलीकै गृहजिल्ला झापा–३ मा एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई समर्थन गरेको छ । ‘गठबन्धन कुसुलेका कठपुतली हुन् । कसले नचाउँछ थाहा छैन’, ओलीले भने, ‘राप्रपा देशका लागि विवेकले निर्णय गर्ने पार्ट हो ।’ फरक प्रसंगमा उनले गठबन्धन सरकारलाई दुई दिनको घामछायाँको संज्ञा दिए ।
यो सरकारको आयु म्यादी प्रहरीको भन्दा कम रहेको टिप्पणी ओलीले गरे । ‘यो सरकारको आयु म्यादी प्रहरीको भन्दा छोटो छ’, ओलीले भने, ‘मंसिर ४आयो कि सरकार गयो ।’ ओलीले आगामी निर्वाचनमा प्रतिनिधिसभाका १ सय ६५ मध्ये प्रत्यक्षमा १ सय र समानुपातिकमा ५० सिट एमालेले जित्ने दाबी गरे ।
ओलीले काँग्रेससँग देश चलाउने भिजन नभएको दाबी गरे । काँग्रेसले भाडाका बुद्धिजिवीलाई चुनावी घोषणापत्र लेख्न लगाएको आरोप लगाए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३