इन्द्रचोकको वंघः डबलीको पहिचान कायम हुने गरी करिब ९० वर्षपछि पुनः निर्माण गरिएको छ । बागमती प्रदेशका साम्सद विराजभक्त श्रेष्ठको प्रत्यक्ष सरोकारमा उक्त डबलीको पुनः निर्माण गरिएको हो । यस डबलीमा इन्द्र जात्राका क्रममा बेला देवी नृत्य र अन्य सांस्कृतिक झाँकीहरु प्रदर्शन गर्न सक्ने सामथ्र्य राख्दछ ।
बागमती प्रदेशको सरकारको सहयोगमा इन्द्रचोक उपभोक्ता समितिले डबलीको पुनः निर्माणले गति लिएको हो । सडक बनाउने उद्देश्यसहित पुनः निर्माणको थालनी गरिएको र त्यसै क्षेत्रमा डबली पनि रहेको जानकारी भएपश्चात डबलीलाई पनि पुनः निर्माणमा समेटिएको साम्सद श्रेष्ठले बताए ।
पुनः निर्माणमा प्रदेश सरकारको ५७ लाख रुपैयाँको सहयोग र उपभोक्ता समितिको २० प्रतिशत श्रमदान गर्नु पर्ने प्रावधान राखिएको छ । कालोपत्रे सडकको बीचमा ढुगां बिछ्याएर डबलीको स्वरुप झल्काइएको छ । यी ढुगांहरुको मर्मतसंभारको जिम्मेवारी पनि समितिले नै लिएको छ । साम्सद श्रेष्ठको पहलमा पुनः निर्माण गरिएको यस डबलीसहितको सडकले आफुहरु खुसी भएको स्थानीयहरुको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३