निर्वाचन आयोगले राजनीतिक दलका नेता तथा उम्मेदवारको फोटो राखेर ‘नो, नट अगेन’ भन्ने प्रचार भइरहेकामा आपत्ति जनाएको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै ‘नो नट अगेन’ प्रचार रोक्न निर्देशन दिएको हो ।
आयोगले यसपछि पनि त्यस्तो प्रचार गरिए १ लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना तथा एक वर्ष कैद सजाय हुने चेतावनी दिएको छ । आयोगले यसअघि पोष्ट गरिएका सामाग्रीसमेत हटाउन भनेको छ ।
‘प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नो, नट अगेन’ समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यरश्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ,’ उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७