मोरङको उर्लाबारीमा छठ पूजा हेर्न आएका झापाका बालकको छुरा प्रहारबाट हत्या भएको छ ।
मोरङ र झापाको सीमाना भएर बग्ने मावा खोलामा आयोजित छठ मेलामा आएका १४ वर्षीय दियुस श्रेष्ठको छुरा प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले बताए ।
एसपी कोइरालाका अनुसार उर्लाबारी नगरपालिका-७ मावा खोलाको किनारमा आयोजित छठ पूजाको मेला स्थलमा झापाको दमक नगरपालिका-१० का १४ वर्षीय श्रेष्ठमाथि छुरा प्रहार भएको थियो ।
छुरा प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि उर्लाबारीको गोदाबारी अस्पताल हुँदै विर्तामोडको बिएण्ड सी अस्पताल पुर्याइएको थियो । बीएण्डसीमा उपचारका क्रममा सोमबार विहान उनको मृत्यु भएको हो ।
घटनाको अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको छ भने घटनामा संलग्न अन्यको खोजी भइरहेको एसपी कोइरालाले बताए ।
‘पुरानो रिसिईबिका कारण छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ,’ कोइरालाले भने,‘ मृतक बालकको साथबाट पनि धारिलो हतियार भेटिएको रहेछ ।’
मावा खोलामा किनारमा आइतबार राति १०:२५ बजे उनीमाथि छुरा प्रहार भएको थियो । पुरानो रिसिईबीका कारण हत्या भएको प्रारम्भीक अनुसन्धानका क्रममा देखिएको मोरङका प्रहरी उपरीक्षक कोइरालाले बताए ।
प्रहरीका अनुसार छुरा प्रहारबाट बालकको बायाँ कोखामा गम्भीर चोट लागेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३