नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।
सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको थियो । सोमबार प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको थियो।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र बयान सकिएलगत्तै थुनछेक बहस हुने उनले बताए। बुधबार साँझसम्म अदालतको फैसला आउने सभावना रहेको उनले बताए।
लामिछाने लाई गत भदौ ५ गते एक नाबालिगलाइ जवरजस्ती करणी आरोपमा भदौ २१ गते प्रहरी वृत गौशाला मा उजुरी परेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३