बारामा ७६ जनाले एमाले परित्याग गरेका छन् ।
बारा–३ मा पार्टीले उठाएको उम्मेदवारविरुद्ध असन्तुष्ट नेता कार्यकर्ताले पार्टी छाडेका हुन् । मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह र देवराज घिमिरेसहित छन् ।
एमालेले बारा–३ मा माओवादीबाट आएकी ज्वालाकुमारी साह र बारा–२ (ख) मा मोहम्मद समिरलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएकामा उनीहरुले आपत्ति जनाउँदै आएका थिए । ४० वर्षदेखि पार्टीमा कार्यरत, योग्य, दक्ष र इमान्दार उम्मदेवार हुँदाहुँदै कार्यकर्ताको चाहना र भावनाविपरीत कार्यकर्ताको घोर अपमान र लज्जा महसुस हुने गरी उम्मेदवार खडा गरिएको उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टीभित्र व्यक्तिवादी नियन्त्रण कायम गरेर आलोचना आत्मलोचनाको परिपाटी समाप्त गरी निषेधको राजनीति अघि बढाइएको, पार्टीको दर्शन, विचार, नीतिको सैद्धान्तिक स्खलन भएको आरोप उनीहरुले लगाएका छन् ।
एमाले नेताहरुका गतिविधि र व्यवहारका कारण श्रमिक, किसान, मजदुरका साथै नेपाल र नेपाली जनताको हित र जीवनस्तर सुधारका पक्षमा जनअपेक्षाअनुसार काम हुने अवस्था नदेखिएकाले पार्टी परित्याग गरेको उनीहरुको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३