Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २६, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

ललितपुर – ३ मा कसले मार्ला बाजी ?

सौगात मिश्र ललितपुर प्रकाशित मिति: २०७९ कार्तिक २३, बुधबार (२ साल अघि)

  • ७९७ पटक पढिएको
  • मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सबै उम्मेदवारहरु घर-दैलो कार्यक्रममार्फत प्रचार-प्रसार गरिरहेका छन् । ललितपुर जिल्लाका ३ निर्वाचन क्षेत्र मध्ये ललितपुर-३ लाई यस कारण पनि महत्वका साथ हेरिने गरेको छ की, माओवादी केन्द्रकी प्रभावशाली नेतृ पम्फा भुषाल यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रुपमा रहेकी छिन् ।

    चुनाव प्रचार प्रसारको गति तीब्र छ, अनेक अड्कलबाजीहरु पनि चलिरहेका छन् । हामीले यसै क्षेत्र केन्द्रित रहेर केही सर्वसाधरण, राजनीतिक व्यक्तिव र समाजमा प्रत्यक्ष रुपमा सरोकार राख्ने व्यक्तिवहरुसँग ललितपुर-३ को सम्भाब्यताका बारेमा कुराकानी गरेका थियौँ । त्यसै कुराकानीमा आधारित रहेर सटिक विश्लेषण गर्ने प्रयास गरेका छौँ ।

    पम्फा भुषाल (बाम – लोकतान्त्रिक गठबन्धन)

    यस अघि बाम-गठबन्धनबाट उम्मेदवारको रुपमा प्रस्तुत भएर प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित पम्फा भुषाल यस पटक बाम – लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएकी छिन् । यस क्षेत्र नेकपा एमाले र नेकपा एकीकृत समाजवादी फुटको ठूलो असर देखिएको क्षेत्र पनि हो । एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेसको सम्पूर्ण भोट भुषाललाई गएको खण्डमा कुनै प्रतिस्पर्धा बिना नै भुषालले चुनाव जित्ने निश्चित छ । तर चुनाव यति सहज हुने भने छैन । स्थानीय निकायको निर्वाचनले नै नेपाली कांग्रेसको भोट एकलौटी रुपमा माओवादी केन्द्रलाई नजाने प्रष्टाइ सकेको छ । नेपाली कांग्रेसबाट गठबन्धन नभएको खण्डमा संभावित टिकट पाउने उम्मेदवारको समुह भुषालको उम्मेदवारीसँग रुष्ट रहेको छ । उक्त समुहले भुषाललाई कुनै पनि हालतमा भोट नदिने गोप्य लबिङ्गमा रहेको छ । यदी यसो भएमा भुषाललाई सहज नहुन सक्छ । स्थानीय निकायको चुनावमा एकीकृत समाजवादी र माओवादी केन्द्रको केही मतभेदका कारण पनि एकीकृत समाजवादीका मतदाताहरुको पनि भुषालसँग चित्त दुखाइ रहेको छ । आफ्नै क्षेत्रको साम्सद बारम्बार मन्त्री भइरहदा पनि विविध समस्याहरु यथावत रहेको बुझाइ स्थानीयहरुको पनि रहेको छ । यसरी हालसम्मको अवस्था हेर्दा भुषाललाई गठबन्धन कै भोट एकलौटी रुपमा नआउने देखिन्छ, जसका कारण भुषालको पुनः संसदको यात्रा कठिन हुन पुग्छ ।

    अमृत खड्का (नेकपा एमाले)

    युवा उद्यमी अमृत खड्काले निकै कष्टसँग नेकपा एमालेबाट ललितपुर-३ को प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट हात पारे । बाबुराम थापासँगको निक्कै ठूलो रस्साकस्सीसँगै टिकट हत्याए पनि खड्कालाई पनि चुनाव जित्न त्यति सहज भने छैन । आफ्नो पार्टी नेकपा एमालेले व्यहोरेको फुटको प्रभाव यस क्षेत्रमा उल्लेख्य रुपमा रहेको छ । आफ्नै पार्टी भित्रका असन्तुष्ट समुहको भय पनि छ खड्कालाई । आफ्नै पार्टी भित्रका असन्तुष्ट समुहले नै खड्कालाई हराउन प्रयासरत छन् । आफ्नो पार्टीको सम्पूर्ण मत आउदाँको अवस्थामासमेत विजयी हुन कठिन देखिएका खड्काको पार्टि भित्र कै असन्तुष्ट समुहको भोट नआएको खण्डमा जित झन् कठिन हुन जाने देखिन्छ । तर खड्काले बाम लोकतान्त्रिक गठबन्धन भित्रका असन्तुष्ट समुह आफ्नो पक्षमा पार्न सके भने जित केही सहज हुन सक्छ । फुट भएता पनि एकीकृत समाजवादीका केही निकट व्यक्तिहरुको भोट खड्काले आफ्नो पक्षमा पार्न सक्दछन् । यसरी कठिन अवस्थाका बाबजुत पनि खड्कालाई केही सहज हुन सक्ने देखिन्छ ।

    तोशिमा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी)

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर-३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. तोशिमा कार्कीको चर्चा यति बेला ललितपुरमा मात्र नभएर देशभर नै चुलिएको छ । नयाँ पार्टी भएका कारण एकिन भोट यति नै छ भन्ने प्रष्ट नभएपनि ललितपुर-३ बाट डा. कार्कीले मतको संख्या राम्रै पाउन सक्ने देखिन्छ । बाम-लोकतान्त्रिक गठबन्धनकी हेभि वेट प्रतिस्पर्धी पम्फा भुषाल र नेकपा एमालेका उम्मेदवार अमृत खड्कासँगको टकराव त्यति सहज डा. कार्कीलाई पनि हुने देखिदैन । तर पछिल्लो लहरलाई हेर्ने हो भने सक्षम युवा उम्मेदवारलाई पुराना नेतासँग आजित भएका मतदाता र राजनीतिसंग टाढा रहेका युवाहरुको भोट डा. कार्कीलाई जाने देखिन्छ । बाम-लोकतान्त्रिक गठबन्धनका असन्तुष्ट समुह र नेकपा एमालेका असन्तुष्ट समुहहरुको भोट डा. कार्कीलाई नै गयो भने उनको संसदको यात्रा सहज हुन सक्छ । तर बाम-लोकतान्त्रिक गठबन्धन असन्तुष्ट समुहको भोट एमालेका उम्मेदवार र एमालेका असन्तुष्ट समुहको भोट भुषालले तान्न सकेको अवस्थामा डा. कार्कीलाई कठिन हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution