नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) मंसिरको निर्वाचनपछि पनि राष्ट्रिय पार्टी रहने बताएका छन् ।
सुनसरीको धरानमा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जसपा राष्ट्रिय पार्टी बन्ने भएपनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दिन दशा बिग्रिएर एमाले छाडेर सत्ता गठबन्धनतिर लागेको टिप्पणी गरे । एमाले एक्लै भएको भनेर हल्ला चलाएको भन्दै जसपा र राप्रपालाई मिलाएको र तालमेल गरेको बताए ।
‘जसपा यसपल्ट राष्ट्रिय पार्टी नै कायम रहन्छ । लोसपा हामीसँग अलिक समय थियो, ककसको इशारामा के के भयो, कसो भयो उहाँहरुले जान्ने कुरा भयो, छोडेर गठबन्धनतिर लाग्यो’, ओलीले भने, ‘दिन दशा विग्रिएपछि त्यस्तै हुँदोरहेछ ! गठबन्धनतिर लाग्यो अव राष्ट्रिय पार्टी रहँदैन । एउटा दुइटा सिट आयो भने सारै ठुलो कुरो । र, राष्ट्रिय पार्टी लोसपा बन्दैन । दशा लाग्यो ।’
ओलीले राप्रपाको पनि भविष्यवाणी गरे । ‘राप्रपा बाठो रहेछ । ओलीले प्रशंसा गरे । उनले एमालेसँग लड्न सक्ने हैसियतको कुनै पार्टी नै नेपालमा नभएको भन्दै कांग्रेससँग विचार र संगठन सकिएको दावी पनि गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेस र माओवादी लगायतका गठबन्धन दलको कटाक्ष गरे । ‘नेपाली कांग्रेससँग विचार छैन, संगठन छैन । ढोडका बैसाखी टेकेर हिँडेको छ । देश विकसका सन्दर्भमा बहस गर्न कांग्रेस आओस् भनेको चाईंचुई छैन । चुनाव लड्न आओस् भनेको । कांग्रेस सभापतिले भनेको सुन्नुभएको होला । एक्लै लड्न गयो भने एमालेले सिध्याउछ भनेको । कतिपल्ट एमालेले कांग्रेसका सिङ फुकालिसकेको छ’, उनले गठबन्धन हुँडारको जत्थाको संज्ञा दिए ।
‘मैले प्रचण्डलाई भनेको थिएँ, दुई तिहाइ दिएको छु भन्दैमा र त्यो दुई तिहाइको दुरुपयोग गरेर एमाले सुध्याउँछु भन्ने कुबुद्धि नपलाओस् है’, जोगी र मुसोको कथा सुनाउँदै ओलीले भने ।
ओलीले सुनसरीबाट अशोक राईले जित्ने र एमाले कार्यकर्ताले जिताउने घोषणा गर्दै माधव नेपालको पार्टी रित्तिइनै सकेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३