ललितपुर महानगरपालिका १६ वडा कार्यालयको आयोजनामा फिजियोथेरापी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । ललितपुर महानगरपालिका वडा नंबर १६ स्थित नागवहालमा उक्त निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो। फिजियोथेरापीबाट हड्डी खिइएको, नशा च्यापिएको, मुख बांगिएको जोर्नी दुख्ने, प्यारालाइसिस, हातखुट्टा झम्झमाउने र पोल्ने तथा सुस्त मनस्थिति भएका बालबालिकाको उपचार हुनेछ ।
रचना आयुर्वेद एण्ड अर्थो न्युरो रिहाबिलिटेसन सेन्टरका अनुभवी चिकित्सकहरुको उपस्थितिमा उक्त बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको आयोजक ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताए । साथै यो शिविर २०७९ कार्तिक २६ गते शनिबार देखि मंसिर २ गते शुक्रबार सम्म हरेक दिन बिहान ८ देखि १२ बजेसम्म फिजियोथेरापी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा आउने भएको छ।
शिविरमा रचना आयुर्वेद एण्ड अर्थो न्युरो रिहाबिलिटेसन सेन्टरका अनुभवी चिकित्सकहरुको उपस्थिति रहने छ । स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ ले पनि वडास्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने र स्वास्थ्यको मूल्यलाई ललितपुर महानगरपालिका– १६ वडा ले निरन्तर आत्मसात गर्दै आएको छ ।
यस अघि पनि वडाबाट विभिन्न समयमा स्वास्थ्य सेवाको पहुँच योग्य, सर्वसुलभ बनाउन र विशेषतः आर्थिकस्तर कमजोर भएका मानिसहरुलाई लक्षित गरी विगतमा पनि नि:शुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको थियो । यसबाट धेरै वडाबासीहरु लाभान्वित भएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३