नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र कांग्रेसका सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवा मिलेपछि विकास निर्माणलगायतका कुनैपनी काम असम्भव नरहेको बताएका छन्।
सत्ता गठबन्धनको गोरखाको चुमनुब्री गाउँपालिकाको सिर्दिवासस्थित फिलिममा आज आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले उत्तरी गोरखाको विकासका काम प्राथमिकतामा रहेको बतायका छन। उनले सत्ता गठबन्धनका उम्मेदवारलाई मंसिर ४ को चुनावमा मत दिएर जिताउन पनि आग्रह गरेका छन।
उनले गोरखा १ को प्रतिनिधि सभामा कांग्रेसका नेता राजेन्द्र बजगाईं र प्रदेश सभा (ख) मा कांग्रेसकै नेता नन्दप्रसाद न्यौपानेलाई जिताउन म आग्रह गर्दछु,’ प्रचण्डले भने, ‘बजगाईंलाई केन्द्रमा र न्यौपानेलाई प्रदेशमा मन्त्री बनाउन म पहल गर्छु।
आफू र देउवाबीच कुराकानी भएपछि केन्द्र र प्रदेशमा गोरखाका सांसदलाई मन्त्री बनाउन सकिने बताएका छन।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७