काठमाडौं महानगर वडा १८ द्वारा स्वर सम्राट नारायण गोपालको शालिक अनावरण आज एक कार्यक्रमवीच सम्पन्न भएको छ। नारायण गोपाल जन्मेको स्थान किलागलमा उनको प्रतिमा अनावरण महानगर प्रमुख बालेन्द्र शाहबाट भएको थियो।
नारायण गाेपालको जन्म अक्टोबर ४, १९३९ मा काठमाडौको किलागलमा भएको हो । जनस्तरबाट स्वर सम्राट भनेर कहलिएका नारायण गोपाललाई किङ अफ ट्रेजेडी भनेर पनि भन्ने गरिएको छ । उक्त प्रतिमा प्रख्यात मूर्तिकार श्याम तुलाधरले गर्नु भएको थियो।
उनको ३२ औं स्मृति दिवसको अवसरमा उक्त प्रतिमा अनावरण गरिएको वडाध्यक्ष न्हुछेकाजी महर्जनले जानकारी दिए । महर्जनको सभापतिमा भएको उक्त कार्यक्रममा प्रमुख अथिति मयेर बालेन्द्र शाह थिए भने अथितिमा चलचित्र निर्देशक तथा बिश्लेशक प्रकाश सायमि, भाई मनाेहर गाेपाल गुरुवाचार्य, लक्ष्मणगाेपाल गुरुवाचार्य, समाजसेवी तथा उद्याेगि निरंन्जन तिवडेवाल, प्रदेश सभा सदस्य शैलेन्द्र बज्राचार्यलगायत थिए।
आफ्नो जीवनकालमा १३७ वटा गीतमा स्वर दिएका नारायण गोपालका संकलित नभएका गीतहरु छन् भनेपनि को कससंग छन् एकिन भएका छैनन् । सितार, हार्मोनियम र बाँसुरीका प्रिय मान्छे थिए नारायण गोपाल । उनी आधुनिक नेपाली गीत संगीत गायनको स्वर्णकालका पहिलो पुस्ताका गायकहरुमध्ये एक हुन । जस्ले गीत संगीत, चलचीत्र र नाटकमा पनि काम गरेका थिए । नारायण गोपालका गायकीका १३७ गीतहरु अजरअमर छन् । उनको पहिलो गीतमा संगीत प्रेमध्वज प्रधानले भरेका थिए । मानिकरत्नले संगीत सिकाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३