फिटनेस र स्पोर्टस् सामाग्रीको अन्तराष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा पहिलो पटक अफिसियल स्टोरको शुभारम्भ गरेको छ । एन्टाले नेपालमा स्पोर्टस् भेन्चरमार्फत औपचारिक बिक्री वितरण शुरु गरेको हो ।
काठमाडौंको सुन्धारामा अवस्थित सिभिल मलमा शनिबार महानायक राजेश हमालले स्वरुमको उद्घाटन गरेका हुन् । महानायक हमालले आफू स्पोर्टस् र फिटनेसमा चासो राख्ने व्यक्ति रहेको भन्दै एन्टाजस्तो अन्तराष्ट्रिय ब्राण्डले नेपालमा औपचारिक रुपमा बिक्री वितरण शुरु गर्नु उपभोक्ताको लागि खुसीको कुरा रहेको बताए ।
स्पोर्टस् भेन्चरका संचालक विश्वास थोकरले एन्टाको एक्स्क्लुसिभ स्टोर मार्फत लेडिज तथा जेन्सका जुत्ता तथा कपडा देखि फिटनेस तथा खेलकुदका सामाग्री स्टोरमा पाइने बताए । थोकरले चाइनाको लिडिङ ब्राण्ड एन्टाले एसियाली बजारमा राम्रो पहिचान बनाएको भन्दै एन्टाको गुणस्तर र ब्राण्ड नेटवर्क को आधारमा उपभोक्ता ढुक्क हुने बताए ।
औपचारिक बिक्री शुभारम्भको अवसरमा स्टोरमा १० प्रतिशत छुट तथा क्यास ब्याक अफर राखिएको उनको भनाई छ । सिभिल मलको अतिरिक्त लविम मल र दरवार मार्गमा मल्टिपल ब्राण्ड स्टोरमा पनि एन्टामा उत्पादन राखिएको संचालक थोकरले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७