अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुसको रकम भएको आरोपमा पक्राउ गरिएकी डिभिजन बन अधिकृतलाई विशेष अदालतले सफाई दिएपछि सर्वोच्च अदालत पुगेको छ । आयोगले विशेष अदालतको फैसला बदर हुनुपर्ने मागसहित पुनरावेदन गरेको छ ।
अख्तियारको टोलीले तत्कालीन दोलखा डिभिजन बन अधिकृत सन्तमाया श्रेष्ठलाई २०७६ फागुन २९ गते भक्तपुरको मध्यपुर ठिमीबाट नियन्त्रणमा लिएको थियो । बा १ झ ७६८५ नम्बरको कारमा दोलखाबाट आइरहेको अवस्थामा श्रेष्ठ पक्राउ परेकी थिइन् ।
गाडीबाट २ लाख ३ हजार ५०० रुपैयाँ नगद बरामद भएको थियो । दोलखाका काठ व्यापारीसँग २ लाखदेखि ३ लाख रुपैयाँसम्म रकम उठाएर काठमाडौं हिँडेको सूचनाका आधारमा श्रेष्ठलाई नियन्त्रणमा लिएर खानतलासी गरिएको अख्तियारको दाबी छ । श्रेष्ठले बरामद भएको रकमको खुलाउन नसकेपनि विशेष अदालतले सफाई दिनु त्रुटिपूर्ण रहेको अख्तियारको जिकिर छ ।
श्रेष्ठले बरामद भएको रकममध्ये ५० हजार रुपैयाँ बन रक्षक नारायण शाहसँग लिएको र बाँकी रकम तलबबापत माघको दोस्रो साता बैंकबाट निकालेको ६ लाख ७७ हजार रुपैयाँमध्ये बाँकी रहेको रकम दाबी गरेकी थिइन् ।
तर बयानका क्रममा नारायणले श्रेष्ठलाई कुनै रकम नदिएको र श्रेष्ठले बैंकबाट निकालेको भनेको रकम उनी पक्राउ परेपछिको भएको पनि अख्तियारको दाबी छ । विशेष अदालतले श्रेष्ठले को कोसँग घुस लिएको प्रमाण खुलाउन नसकेको र बैंकबाट तलब निकालेको देखिएको आधारमा उनलाई सफाई दिएको अख्तियारले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३