काँग्रेस निटक विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राहदानीको आवेदन र वितरण रोकिएकामा आपत्ति जनाउँदै उक्त कार्य तत्काल सुचारु गर्न माग गरेको छ ।
प्रणालीमा समस्या उत्पन्न भएको बहानामा राहदानी विभागले गत १७ पुसदेखि राहदानी वितरण र आवेदन बन्द गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै यथाशिघ्र राहदानी आवेदन र वितरण थाल्न माग गरेका छन् । उनले बिचौलिया र कर्मचारीको मिलेमतोमा सेवा अवरुद्ध गरिएको भन्दै त्यसयमा संलग्नमाथि कारबाहीको मागसमेत गरेका छन् ।
‘अनलाइन फारममा दलाली गरिएको र बिचौलियाहरू हाबी हुँदै गएको गुनासो आइरहेकोले यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रण गरी सहज ढंगबाट नागरिकलाई सेवा प्रदान गर्न नेविसंघ अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । उनले विभागको सिष्टम अवरूद्ध हुनुको मुख्य कारण गृह मन्त्रालयको नीतिबिनाको निर्देशन रहेकोसमेत उल्लेख गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३