साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ०.९६ प्रतिशत अर्थात २०.५५ अंक बढेर २१६४.४८ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ भने फ्लोट इण्डेक्स १.४५ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स यस दिन ०.०५ अंक घटेको छ।
आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। यस दिन २५९ स्टकको ७५ हजार ४६५ पटकको कारोबारमा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन खप्तड लघुवित्त वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र ङादी ग्रुप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नति स्किम १ को इकाईमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर, विन नेपाल लघुवित्त र श्रृजनशील लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब २० करोडको शेयर कारोबार भएको छ भने रिडी पावरको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधकि ४.४३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत घटेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७