Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१८ घण्टा अघि
२

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२३ घण्टा अघि
३

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
४

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
५

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
६

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
७

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
८

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

४ दिन अघि
९

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
१०

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
११

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि
१२

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२३ घण्टा अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१८ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

मूर्त र अमूर्त परम्परा संरक्षणमा इन्द्र महर्जन

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ माघ ७, शनिबार (४ महिना अघि)

  • १४३९ पटक पढिएको
  • देशको गहनाको रुपमा रहेको मूर्त तथा अमूर्त कला र संस्कृतिको धरोहरको रुपमा काठमाडौंको आदिबासी ज्यापुहरुको ३२ टोलले साँचैको सांस्कृतिक गहनाको रुपमा काम गरेकोमा सायद नै विमति होला । यिनै परम्परागत ३२ टोलहरु मध्ये एक हो किलाघः ।

    यो ऐतिहासिक तथा सांस्कृतिक कला, भेषभुषा, देवालय, शिवालय, पाटीपौवा, चैत्य, मठमन्दिर तथा विभिन्न जातजाती बसोबास भएको ठाऊँ हो । यस किलाघः टोलमा १२ महिना बाह्रै ओटा नै जात्रापर्व सञ्चालन गरिँदै आएको छ । यसै टोलबाट सेतो हात्ति (जसलाई ऐरावत हात्ति पनि भनिन्छ) इन्द्रजात्राको बेला निकालिन्छ । त्यस्तै किलाघः टोलबाटै दीप्याखं (देवीनाच) पनि इन्द्रजात्राको बेला निकालिन्छ । दशैंमा पायाः जात्रा, पाहाँचःहेको बेला गणेशको जात्रा यही टोलबाट निकालिनु का साथै मरः जाः नकेगु भनि बालबच्चाहरुलाई भोजन खुवाउने चलन पनि यहाँ रहेको छ ।

    गुँलापर्वमा १ महिनासम्म किलाघः टोलमा दाफा भजन गाउने गरिन्छ । यसै टोलबाट गुरुमापालाई भोजन गराउन जाने चलन आजसम्म पनि चलिरहेको छ । कार्तिक महिनामा हरिबोधिनी एकादशिदेखि सकिमिला पुन्हीको ५ दिनसम्म दाफा भजन गाउने गर्दछ । त्यस्तै गथांमुगःको दिन घण्टाकर्ण बनाई त्यसलाई जात्रा गरेर बिष्णुमति खोलामा सेलाउने कार्य पनि किलाघःबाट निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ । सो दिन पनि बेलुका दाफा भजन गाउने चलन रहेको छ ।

    काठमाडौंको ३२ टोल तथा त्यस माथि विशेष किलाघः टोलको पररम्परागत मूर्त तथा अमूर्त कला संस्कृति बारे जानकारी लिन परेमा आजको मितिसम्म पनि जिउँदो अमूर्त कलाका जीवन्त खम्बाको रुपमा रहनु भएका विभिन्न बाजा तथा देवी नाचका गुरु तथा किलाघः त्वाःका कजि श्री इन्द्र महर्जनसँगको छलफल तथा परामर्श बिना संस्कृति तथा परम्परा सम्बन्धी लेख अधुरो नै रहन्छ होला ।

    बि. स. १९९० भाद्र महिनामा बुबा श्री नारायण महर्जन र आमा चिनी महर्जनको कोखबाट जन्म भई; ७ वर्षको कलिलो उमेरदेखि नाचगाना बाजागाजा बजाउन सिक्दै आजको मितिसम्म मूधिमय् बाहेकको किलाघः टोलबाट निकालिने बिभिन्न बाजा तथा देवी नाचका गुरु इन्द्र महर्जनलाई किलाघः टोलको धरोहर मानिन्छ । निर्माण भएको त्वाःछेँ तथा त्वाःछेँको इतिहास तथा त्वाःका कजिको योगदान, भुमिका बारे गहनरुपमा अध्ययन गर्न उनलाई विभिन्न समयमा भनेका कुराहरु तथा कुनै अनुकुल समय निस्कना साथ टोलको बारे लागेका विभिन्न सांस्कृतिक पक्षबारे विभिन्न प्रश्नहरु राख्दा सर्वप्रथम त्वाःछेँको ऐतिहासिक पक्षबारे बुझ्दा गुरु इन्द्र महर्जनले भने, ‘पहिला त्वाःछेँ ३ तल्लाको थियो । उक्त त्वाःछे टोलमा विभिन्न जात्रापर्वमा चलाउने सामानहरु राख्ने गर्दथ्यो र सोही ठाउँमा नित्यपुजा गरी भोज खान चलन थियो ।’

    उनले त्वाःछेँ २०२३ सालमा निर्माण गर्दाका दुःख सुख तथा टोलका दाजुभाइहरुको योगदान बारे कुरा राख्दा टोलका गुठीयारहरुलाई १० रुपैया उठाउने निर्णय भयो, उहीबेला गुरु इन्द्र महर्जनज्यूका बुवा नारायण महर्जनले सबैभन्दा पहिला रु १०० चन्दा दिने घोषणा गरि चन्दा दिनासाथ बाँकि अरु २ जना कालु महर्जन र न्हुछे महर्जनले पनि रु १०० दिए । तर रु १० उठाउन निक्कै गाह्रो भएर जनश्रमदानबाट बनाउने निर्णय गरियो । उक्त जनश्रमदानबाट बनाउने निर्णय गर्दा मासु टोलबाट खुवाउने र चिउरा भने आफैले ल्याउनुपर्ने गरी नियम बनाएर त्वाःछेँ निर्माण गरेर २०२५ सालमा सम्पन्न गरेको जानकारी दिए ।

    यस त्वाःछेँ तेरोमेरो भन्ने झगडाले गर्दा २०२० सालमा त्वाःछेँमा भएको शिलापत्र पेश गरी स्व. द्यःहेरमां र स्व. स्यः हेरमांको नेतृत्वमा अदालतमा मुद्दा लडेर जितेको उनले स्मरण गरे। सो त्वाःछेँ निर्माण गर्दा उनि आफैले श्रमदान गर्दा केहि व्यक्तिहरुले भत्काउने तथा बिग्रह ल्याउनको लागि तिमीकिन यसरी ज्यानको पर्वाह नगरी दिनरात किन खटिरहेको? तिमीले यो घरबाट के पाउँछौ र? यदि दुर्घटना भई अपाङ्ग भयौ भने के टोलले पाल्छ भनि भाँड्ने कुरा गरेपनि आफूले निसंकोचित भई ऊबेला दुःखले ज्यानको पर्वाह नगरी सबै टोलबासि मिलीजुली बनाएको घर २०७२ सालमा भुकम्पका कारण जीर्ण हुँदा साह्रै चित्त दुखेको खुलासा गरे ।

    तर फेरि त्यही घर भत्काएर नयाँ घर बनाएको देखेर खुशी लागेको अवगत गरे । उनलाई किलाघः त्वाःबाट खासगरि परम्परा देखी गर्दै आएको सास्कृतिक काम बारे प्रश्न गर्दा किलाघः टोलमा २ पल्ट टोलका सम्पूर्ण गुठीयारहरुलाई बोलाएर भोज खुवाउने काम गर्दछ । पहिला फागुन महिनाको होलि पूर्णिमामा गरिन्छ, जसमा ज्यापूहरु मात्र बसेर भोज खाइन्छ भने उक्त भोजमा सेतो हात्ति नचाउनका लागि प्रतिनिधि छान्नेकाम पनि गर्दछ । जुन कार्य टोलका सम्पूर्ण गुठयिारहरु मिलेर पालैपिलो गर्ने गर्दछ ।

    अर्को भोज माघ महिनामा टोलका सम्पूर्ण ज्यापू तथा सापूहरु मिलेर नासः पूजा गरी भोज खाने गर्दछ । १२ वर्षमा १ चोटी मू धिमय्, प्वंगा तथा धुन्या सिकाउने, इन्द्र जात्राको बेला इन्द्र देवताको मुर्ती प्रदर्शन गर्ने कार्य गरिन्छ भनि जानकारी दिए ।

    गुरु इन्द्र महर्जनलाई किलाघः टोलको कजिको भुमिका तथा महत्व बारे जानकारी लिँदा कजि भनेको घरको ‘हामा’ (मुली) हो । कजिको काम टोलका सम्पूर्ण कामहरुलाई समन्वय तथा व्यवस्था गर्ने तथा प्रत्येक भोजको बेला पूजाकोे व्यवस्था गर्ने नै हामा वा कजिको काम हो भन्ने जानकारी दिए । साथै टोलका खलकहरुबीच कुनै वैमनस्यता तथा असमझदारी भई मनमुटाव भएमा त्यसलाई मिलाउने तथा समाधान गर्ने काम पनि कजिले गर्ने गर्दछ भनी जानकारी दिए ।

    छुविननिको प्रतिनिधि तथा कजिको भूमिकामा आजको मितिसम्म आफ्नो क्षमता र अनुभवले भ्याएसम्म निरन्तर रुपमा काम गरिरहेको जानकारी दिए । इन्द्र महर्जनले किलाघः टोल एउटा संघियताको राम्रो नमुनाको स्वरुपमा संचालन भइ रहेको जानकारी दिए । उदाहरणको लागी छबिननी बाट ३ जना, बिज्यापु ननीबाट २ जना, सापू खलः बाट २जना, गणेद्यः खलः बाट २ जना, मेपूः खलः बाट २ जना, जनमामुगः बाट १ न्यतपाःच्वबाट १ प्रतिनिधि छानी त्यही प्रतिनिधिबाट एक जना नायः छान्ने परम्परा रहेको जानकारी दिए ।

    किलाघः टोलको अहिले सम्म थाहाभएको पुरानो टोल नाइकेको नाम सोध्दा उनले सबभन्दा पुरानो नाइके श्री मस्र्या महर्जनको नाम लिए जुन व्यक्ति नाताले उनको ठूलो बाजे पर्ने भने ।

    (किलाघः त्वाःका कजि एवम् दीप्याखंका गुरु इन्द्र महर्जनको यही २०७९ पुस ३० गते शनिवारका दिन निधन भएको छ । )

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • नेकपा (एकीकृत समाजवादी) तादी गाउँपालिका कमिटिको कार्यकर्ता भेला सम्पन्न
    हरप्रहर

    नेकपा (एकीकृत समाजवादी) तादी गाउँपालिका कमिटिको कार्यकर्ता भेला सम्पन्न

  • शिवपुरीको कालिकादेवि मा.वि. मा शिक्षा मार्फत सशक्तिकरण कार्यक्रम सम्पन्न
    हरप्रहर

    शिवपुरीको कालिकादेवि मा.वि. मा शिक्षा मार्फत सशक्तिकरण कार्यक्रम सम्पन्न

  • कसा: मीसा पुच: बाट टेवा भ्रमण
    हरप्रहर

    कसा: मीसा पुच: बाट टेवा भ्रमण

  • ताम्रकार समाजमा सामुहिक बार्हा (गुफा)
    हरप्रहर

    ताम्रकार समाजमा सामुहिक बार्हा (गुफा)

  • ताजा खबर
  • १

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १८ घण्टा अघि

  • २

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    २३ घण्टा अघि

  • ३

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ४

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • ५

    जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution