होण्डाको टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनीले होण्डा साईन र होण्डा ग्रेजियामा दुई आकर्षक योजनाहरु ल्याएको छ ।
योजना अनुसार ग्राहकले अर्डर गरेको होण्डा साइनको जुनसुकै पार्टस् ९९ घण्टा भित्र उपलब्ध गराउने कम्पनीले दाबी गरेको छ । यदी ९९ घण्टा भित्र ग्राहकले अर्डर गरेको पार्टस् उपलब्ध गराउन नसके ग्राहकले आफूले चाहेको रकम तिरेर पार्टस् लिन पाउने छन् ।
यस योजना छिटो सर्भिसको ग्यारेण्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरमा रहेको कम्पनीले जानकारी दिएको छ ।
होण्डा ग्रेजियाको अफरमा भने नयाँ होण्डा ग्रेजिया खरिद गरेका ग्राहकले केवल एक रुपैयामा ३ वर्षको लागि सर्भिसिङ्ग र पार्टस्को सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७