विराटनगरमा एक व्यवसायीले आत्महत्या गरेका छन् ।
विराटनगर महानगरपालिका–३ का मोहनप्रसाद न्यौपाने आफ्नै घरको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । इलामका व्यवसायी प्रेमप्रसाद न्यौपानेले व्यवसायबाट असफल भएपछि आत्मदाह गरेको भोलिपल्ट विराटनगरमा अर्का व्यवसायीले पनि उक्तै प्रकृतिको समस्या दर्शाउँदै आत्महत्या गरेका हुन् ।
न्यौपाने विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएका थिए । उनी विराटनगरस्थित शनि मन्दिर रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए । पारिवारिक सदस्यहरुले व्यवसाय सञ्चालनमा लागेका ऋण तिर्न नसकेर न्योपानेले आत्महत्या गरेको जानकारी दिए । न्यौपानेको साथबाट सुसाइट नोटसमेत भेटिएको छ ।
उक्त नोटमा न्यौपानेले बैंकबाट लिएको एक करोड ४५ लाख रुपैयाँको किस्ता तिर्न नसकेर मृत्युको बाटो रोजेको उल्लेख गरेका छन् । बैंकलाई ब्याज र किस्ता गरेर माशिक ५ लाख रुपैयाँ बुझाउनुपर्ने उनले लेखेका छन् । श्रीमती र परिवारका सदस्यहरुका नाममा लेखिएको सुसाइट नोटमा आफू बाँच्नका लागि लायक नभएको उल्लेख गरिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले आत्महत्याबारे छानबिन थालिएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३