सोमबार नेप्से परिसूचक एकै दिन ४१.०१ अंकले घटेर बजार बन्द हुँदा २,१२७ मा आइपुगेको छ।
घटेर बजार बन्द भएपनि कारोबार रकममा भने वृद्धि देखिएको छ। अघिल्लो दिन तीन अर्ब एक करोड रूपैयाँको कारोबार भएकोमा आज तीन अर्ब ३० करोड रूपैयाँको कारोबार भएको हो।
यस दिन दुई सय ५६ वटा धितोपत्र र ऋणपत्रको कारोबार भएकोमा १७ वटाको मूल्य बढेको छ भने दुई सय ३२ वटाको मूल्य घटेर किनबेच भएको छ।
युनाइटेड इडी मार्दी हाइड्रोपावर र स्वेत गंगा हाइड्रोपावरको सबैभन्दा धेरैले मूल्य घटेको छ। यी दुवै कम्पनीको क्रमशः ७.१४ प्रतिशत र ६.७१ प्रतिशतको दरमा मूल्य घटेर कारोबार भएको छ।
यस दिन सूर्य ज्योति लाइफ इन्सुरेन्सको सबैभन्दा धेरै १७ करोड ६५ लाख रूपैयाँको सेयर कारोबार भएको छ। सूर्या र ज्योति लाइफबीचको मर्जरपछि नयाँ नामबाट कारोबार भएयता कम्पनीको मूल्य लगातार बढिरहेको छ। यस दिन कारोबारमा आएको सबै समूहगत परिसूचक घटेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७