नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेलाई दिँदा देशमा बर्बाद हुने बताएका छन्।
समाजवादी प्रेस संगठन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताएका हुन्।
हाल प्रतिनिधिसभाका सभामुख एमालेका र राष्ट्रिय सभाका अध्यक्ष समेत एमालेबाट निर्वाचित व्यक्ति भएकाले अब फेरि राष्ट्रपति पनि एमालेलाई दिन नहुने भनाई उनको थियो।
दुई पद एमालेले लिई सकेको अवस्थामा अर्को पद राष्ट्रपति समेत एमालेलाई दिँदा शक्ति सन्तुलनका कारण देशमा बर्बादको अवस्था आउने अध्यक्ष नेपालले बताएका थिए। तीन पद नै एमालेलाई दिँदा शक्ति सन्तुलनम गुम्नेसँगै देशमा अस्थिरता समेत पैदा हुने उनको भनाई उनको थियो।
अबको राष्ट्रपति राष्ट्रिय सहमतिको व्यक्ति हुनुपर्ने भन्दै त्यस्तो व्यक्तिको खोजी भइरहेको समेत नेपालले बताएका थिए।
राजनीतिक स्थायित्वसँगै संविधान रक्षाका लागि समेत राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नेपर्ने र सहमतिमा चयन हुने राष्ट्रपति राजनीतिक वा गैरराजनीतिक जो पनि हुन सक्ने भनाई नेपालको थियो।
सकेसम्म राष्ट्रपतिको लागि राजनीतिक व्यक्तीको खोजी गरिने भनाई उनको थियो। संवैधानिक, कानुनी र व्यवहारिक अड्चनका कारण समेत सहमतिको राष्ट्रपति देशका लागि आवश्यक रहेको नेपालको भनाई थियो।
फरक प्रंसगमा अध्यक्ष नेपालले आफु नेतृत्वको पार्टी कतै विलिन नहुने समेत बताएका थिए। छोटो समयमा पार्टी बलियो बन्दै गएको दाबी गदै नेपालले पार्टी आफ्नो शक्तिको भर गरेर अगाडि बढ्ने बताएका थिए। उनले देश र जनताको आशा र भरोसा गर्ने पार्टीको रुपमा आफनो पार्टी रहेको दाबी समेत गरे।
हाल पार्टीका बारेमा धेरै कुराहरु उठ्ने गरेको भन्दै नेपालले पार्टी कतै विलिन नुहने तर नयाँ पार्टी गठनको सम्भावना भने रहेको बताएका थिए।
वर्तमान सरकारलाई नेपालले विचार नमिल्ने समुहको खिचडी गठबन्धनकोे संज्ञा दिए। वर्तमान सत्ता गठबन्धनमा संघीयता, गठतन्त्र, लोकतन्त्र स्विकार गर्ने र नगर्ने सबै दलको सहभागिता रहेकाले यो खिचडी जस्तो रहेको भनाई नेपालको थियो।
विचार नमिल्ने समूहहरुको गठबन्धन रहेकाले वर्तमान सरकारका कारण देशमा प्रतिगमनसँगै संविधान रक्षाका लागि संकट देखा पर्न लागेको अध्यक्ष नेपालको आरोप थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३