आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । यस पर्वका अवसरमा पशुपतिमा लाखौँ दर्शनार्थीहरु आउने गर्दछन् । जसका कारण सवारी आवागमनमासमेत प्रत्ययक्ष असर पर्ने छ ।
सोही कारण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्र आसपासका सवारी रुट प्रतिबन्ध लगाएको छ ।
ट्राफिक कार्यालयका अनुसार गौशाला क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइने भएको हो।
त्यस्तै पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट पशुपति क्षेत्रमा पनि सवारी संचालनमा रोक लगाइएको छ ।
त्यस्तैगरी सवारी साधनका लागि पनि विभिन्न ६ स्थान निर्धारण गरिएको छ ।
सिफलचौर, गुहेश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तीलगंगा आँखा अस्पताल अगाडि र बनकानी क्षेत्रमा सवारी पार्किङ गर्न सकिनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३