बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले रेग्मीलाई आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
उनी थाइल्यान्डबाट फर्किँदै थिए। यसअघि रेग्मीले विद्युतीय माध्यमबाट आफूहरूको चरित्र हत्या गरेको भन्दै विभिन्न कलाकारहरूले ब्युरोमा उजुरी दिएका थिए।
तिनै उजुरीबारे अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी ल्याएर रेग्मीलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।
रेग्मीमाथि थप अनुसन्धान भइरहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७