प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै दलहरूको दौडधुप बढेको छ।
बुधबार बेलुकी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरूले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए।
चुनावका बेलाको पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावका बेला ब्युँताउने गरी दलहरूले छलफललाई तीव्रता दिएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७