प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो। उनीहरूबीच राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।
अध्यक्ष ओलीले बालुवाटार जानुअघि संघीय संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपतिमा एमालेबाट उम्मेदवार हुने बताएका थिए। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ।
नेपाली कांग्रेससहित दलले भने चुनावको बेलाको गठबन्धन ब्युँताउन खोजेका छन्।
प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेसँग बेग्लाबेग्लै छलफल गर्ने बताएका थिए। बिहान कांग्रेसलगायत दलसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले दिउँसो बालुवाटारमै अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७