नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके पत्रकारिता सम्मान बाट पत्रकार रमिता लामा र पुरस्कार पत्रकार नृपेन्द्रलाल श्रेष्ठ समनित भएका छन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले वितरण गरेको पुरस्कार समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले दुवै जनालाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।
रेडियो नेपालको समाचार महाशाखामा सम्पादकको जिम्मेवारीमा यसअघि कार्यरत रहनुभएकी रमिता लामा सो सम्मानबाट सम्मानित हुनुभयो । रामेछाप दोरम्बामा जन्मिएकी लामा २०४९ सालदेखि पत्रकारितामा लाग्नुभएको हो । उहाँ रेडियो नेपालको समाचार महाशाखामा समाचार वाचक तथा सम्पादक हुनुहुन्छ । समाजसेवा रेडियो कार्यक्रम सञ्चालनबाट पत्रकारिता शुरु गर्नुभएकी लामाले तामाङ भाषाको समाचार वाचनका साथै सांसद फोन इन र तामाङ भाषाको कार्यक्रम श्यालगार पनि सञ्चालन गर्नुभएको छ । उहाँ नेपाल पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार संघ तथा फोनिजमा आवद्ध हुनुका साथै नेपाल तामाङ महिला घेदुङको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले थुप्रै पुरस्कार र सम्मान पनि हासिल गरिसक्नुभएको छ ।
यसै गरि फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत हुनुभएको हो । खुसिबुँ काठमाडौँमा जन्मेका श्रेष्ठ २०४९ सालदेखि पत्रकारितामा आवद्ध हुनुहुन्छ । उहाँ म्हसिका मासिक, सम्यक साप्ताहिक, नेवा पौ मासिक, लहना साप्ताहिक पत्रिका तथा लहना डटकममा आवद्ध हुनुहुन्छ ।
उक्त सम्मान तथा पुरस्कारको २५ हजार रुपियाँ र सम्मानपत्र छ। फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारलाई हरेक वर्ष सम्मानित र पुरस्कृत गर्दैआएको छ । पुरस्कार यसअघि गोपाल छाङ्छा राई, रामविकास चौधरी, गणेशमान गुरुङ, मिलन लिम्बु, शान्ति गुरुङ, सन्त गाहामगर, राजेश चाम्लिङ, टेकराज थामी, टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरिसकिएको छ ।
कार्यक्रममा फोनिजका अध्यक्ष गजुरधन राईले हरेक क्षेत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वका लागि फोनिजको तर्फबाट सधैं खबरदारी गरिरहने बताउनुभयो । पुरस्कृत पत्रकार रमिता लामाले पत्रकारिताको माध्यमबाट आफूले समाजका लागि गरेको सकारात्मक योगदानको कदर गर्दै पुरस्कार प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३