नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन नसक्ने बताएका छन् । सुर्खेत विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले अहिले आएर आफूहरुको महत्व बुझेको टिप्पणी गरे ।
‘आज बिहान मात्रै प्रधानमन्त्रीजीसँग भेट भयो । उहाँ भन्दै हुनुहुन्थ्यो तपाईंलाई पहिले नै सरकारमा सहभागी गराउन कति चाहेको थिएँ तर हुँदै भएन,’ नेपालले भने, ‘हो पनि हामीलाई कसैले बेवास्ता गरेर यो मुलुक चलाउँछु भन्ने ठान्छ भने त्यो समयमै सचेत भएर चलोस् । हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न सक्दैन ।’
नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने दावी समेत गरे । ‘आँट भएका, विचार भएका दलहरू एक ठाउँमा छौँ । यो गठबन्धन टिक्छ, चुनावसम्म नै जान्छ’, उनले भने, ‘आफू विचारमा दृढताका साथ उभिने हो । चुनौतीको सामना गर्ने हो । अझै भन्नु हुन्छ भने राजनीतिको कोर्स नै चेन्ज गरिदिने हो ।’
अध्यक्ष नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नै राष्ट्रपतिमा विजयी हुने बताए । ‘रामचन्द्र पौडेलजीलाई राष्ट्रपति उम्मेदवार खडा गरेका छौँ । उहाँ नै मुलुकको तेस्रो राष्ट्रपति बन्नुहुन्छ,’ नेपालले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३