Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर

१ घण्टा अघि
२

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१९ घण्टा अघि
३

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
४

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
५

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
६

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
७

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
८

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
९

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

५ दिन अघि
१०

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
११

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
१२

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१९ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

रामचन्द्र पौडेलको उम्मेदवारीले राष्ट्रिय एकताको सन्देश दिएको छ : प्रधानमन्त्री प्रचण्ड

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ फागुन १८, बिहिबार (३ महिना अघि)

  • २७८ पटक पढिएको
  • प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताएका छन्। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ ।

    राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले गत पुस २६ को प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको उल्लेख गरे।

    प्रधानमन्त्री दाहालले गत पुस २६ मा बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको धारणा राखे। उनले भने, “अघिल्लो पटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद् पुनःसस्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ ।”

    राष्ट्रपति पदका उम्मेदवार पौडेललाई आठ दलको मात्र होइन १० दलको समर्थन रहेको बताउँदै उनले स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको स्पष्ट पारे।

    “उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ”, प्रधानमन्त्री दाहालले भने, “नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ । हामी अहिले पनि राजनीतिक सङ्कट र चुनौतीकै बीचमा छौँ ।”

    प्रधानमन्त्री दाहालले भने, “पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाइ अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैमा राष्ट्रिय सहमतिको आधार थियो । बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ । तपाईं र म मिलेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ । तर, उहाँले मान्नुभएन । त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ ।”

    उनले आफ्ना लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा भएको बताए।

    “हामीसँग विगतका तीता अनुभव छन् । राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो । तर, विगतमा त्यस्तो भएन”, प्रधानमन्त्री दाहालले भने, “यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको निष्ठावान नेता पौडेललाई उम्मेदवार बनाएका छौँ । उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।”

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    हरप्रहर

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

  • गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    हरप्रहर

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

  • विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    हरप्रहर

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

  • जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा
    हरप्रहर

    जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

  • ताजा खबर
  • १

    ३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर
    १ घण्टा अघि

  • २

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १९ घण्टा अघि

  • ३

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    १ दिन अघि

  • ४

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ५

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution