Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १८, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
६

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवन उद्घाटन

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ फागुन २८, आईतबार (२ साल अघि)

  • ३९० पटक पढिएको
  • काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवनको समुद्घाटन भएको छ । जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं महानगरपालिका २५ वडा, कुसुमबियालाछि स्थिति भवनको उद्घाटन शनिबार एक कार्यक्रम बीच गरेका थिए ।

    यस भवनमा सुनका आधुनिक तथा परम्परागत गहना बनाउने देखि लिएर सुन तथा रत्न पहिचान गर्ने तालिम संचालन गरिनेछ । तालिमको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट पनि सम्बन्धन प्राप्त गरिसकेको छ ।

    कार्यक्रममा बोल्दै काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले सुनका गहना बनाउने नेपाली कालिगढको अभाव रहेको अवस्थामा यस भवनबाट नेपाली कालिगढ उत्पादन गर्नमा धेरै सहयोग पुग्ने बताए । उनले भने, ‘गहना बनाउने स्वदेशी कालिगढ नै नभएकोले नेपाली गहना विदेशी कालिगढमा निर्भर भइरहेको छ । यस अवस्थामा स्वदेशी युवालाई तालिम दिइ रोजगारका अवसर प्रदान गर्ने उद्देश्य लिइ भवनको निर्माण गरिएको हो । सिटिइभिटीबाट सम्बन्धन पनि प्राप्त गरिसकेकोले यहाँ तालिम लिएकाहरुले अन्तर्राष्ट्रिय रुपमा मान्यता पनि पाउने छ ।’

    संघको चौधौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट नै विदेशी कालिगढ विस्थापित गरि स्वदेशी दक्ष कालिगढ उत्पादन गर्ने उद्देश्य लिए अनुसार यो भवन बनाइएको कार्यक्रममा बताइएको थियो । संघको यो दोस्रो भवन हो ।

    कार्यक्रममा भवन निर्माण कमिटीका संयोजक तथा संघया पूर्व अध्यक्ष महेन्द्ररत्न शाक्यले भवन बनाउन सहयोग पु¥याउने दाताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले यो भवन सुनचाँदी सम्बन्धी कार्य गर्ने प्राज्ञिक परिषद र तालिमको मुख्य भवन हुने विश्वास लिएको बताए । भवनमा तालिम कक्षा, प्रयोगशाला, बैठक कोठा, विश्राम स्थलका साथै तालिम लिन आउनेहरुका लागि चमेना गृह समेत हुने उनले बताए ।

    बागमति प्रदेशका सांसद उपप्रमुख हरिप्रभा खड्गीले सुनका गहना बनाउने तालिमले युवाहरुलाई विदेश पालयन हुनबाट रोक्न सहयोग पुग्ने बताउँदै भने, ‘अहिले धेरै युवाहरु शिक्षा र तालिमको नाममा विदेश पलायन भइरहेको छ । स्वदेशमै तालिम र रोजगार दिन सके युवाहरुलाई विदेश जानबाट राक्न सकिनेछ । काठमाडौं सुनचाँदी व्यवसायी संघले संचालन गर्न लागेको तालिमले युवाहरुलाई स्वदेश फर्काउन पनि मद्दत गर्नेछ भन्न विश्वास लिएको छु । यही उद्देश्यले काठमाडौं महानगरपालिकामा हामी हुँदा नै भवन बनाउन सहयोग गरेका थियौं ।’

    तालिम भवन बनाउन विद्यासुन्दर शाक्य र खड्गी मेयर उपमेयर हुँदा काठमाडौं महानगरपालिकाले ७२ लाख रुपैयाँ सहयोग गरेको थियो ।

    त्यस्तै रत्न–कुसुमका अध्यक्ष सानुराजा वज्राचार्यले काठमाडौं उपत्यकाको वैभव रहेको यहाँको परम्परागत गहना बनाउने स्वदेशी कालिगढ नै घट्दै गइरहेको परिस्थितिलाई मनन गर्न सकेकोमा संघका पूर्व तथा हालका पदाधिकारीहरुलाई धन्यवाद दिँदै भने, ‘देशको समृद्धि वैभवलाई झल्काउने सुन चाँदीका गहना बनाउन तालिम दिने यो देशकै पहिलो सरकारी मान्यता प्राप्त इन्ष्टिच्यूट भएको छ । मान्यताप्राप्त तालिम हुने भएकोले यहाँबाट उत्पादन हुने शिल्पीहरुलाई रोजगारको अवसर पनि प्राप्त हुनेछ ।’

    प्रतिक्रिया दिनुहोस
    आर्थिक सम्बन्धि थप
  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • सुनचाँदीको मूल्य घट्यो
    हरप्रहर

    सुनचाँदीको मूल्य घट्यो

  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    हरप्रहर

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

  • घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि
    हरप्रहर

    घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution