कांग्रेस नेता विमलेन्द्र निधिले पहिलो चरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव कुमार नेपाल र तेस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।
आज (बिहिबार) कांग्रेस ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका छन ।
उनले दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने पनि बताएका छन । उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने पनि बताएका छन ।
उनले प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने बताएका छन । उनले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएकोसमेत बताएका छन । त्यससँगै नेपालको राजनीति कोर्ष करेक्सनमा भएको बताएका छन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड ६ चैतमा विश्वासको मत लिने तयारीमा रहेका छन । उनले प्रचण्डले विश्वासको मत लिए लगतै कांग्रेस सरकारमा जाने पनि बताएका छन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३