विश्वमा छरिएर रहेको नेवार समुदायको छाता संगठन हलि नेवाः दबू (वल्ड नेवा: अर्गनाइजेसन ) नेपाल च्याप्टरले “सांस्कृतिक प्रवर्द्धनको लागि हलि नेवाः दिवस ‘ भन्ने नारा सहित छैठौ विश्व नेवा: दिवस मनाउने भएको छ। सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अतिथ्यमा हुने भनिएको उक्त दिवसको जानकारी आज पत्रकार सम्मेलनमा मार्फत दिएको थियो ।
यस छैठौ विश्व नेवा: दिवसको अवसरमा नेपाललाइ चिनाउन विशेष योगदान दिने समाजका राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिने भएको छ । यस क्रममा नेपालभाषाको निरन्तर सेवा गरि रहनु भएका जनकवि दुर्गालाल श्रेष्ठलाइ हलि नेवाः विशेष सम्मान प्रदान गर्ने भएको छ।
यसै गरि न्यायसेवामा समर्पित गर्नु भएका पूर्वप्रधानन्यायाधिश कल्याण श्रेष्ठ , सशस्त्र प्रहरी बलका पूर्वआईजीपी सिंह बहादुर श्रेष्ठ ,नेपाली पहिलो चलचित्र अभिनेत्री चैत्यदेवी सिंह , बरिष्ठ समाजसेवी सुवर्णकेशरी चित्रकार , वरिष्ठ संस्कृतिविद् / इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धर , वरिष्ठ हस्तकला कलाकार चिनकाजी ताम्राकार , उद्योगी / व्यवसायी रुपज्योति कसाः , वरिष्ठ पत्रकार नातिकाजी महर्जन , वरिष्ठ गणितज्ञ ज्योतिष देवनारायण महर्जन , अन्तर्राष्ट्रिय कुस्ति खेलाडी लेडी ड्रागन मुना श्रेष्ठ , वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य , वरिष्ठ साहित्यकार मथुरा सायूमि र वरिष्ठ कूटनीतिज्ञ पूर्वराजदूत केदारभक्त माथेमाका साथै कास्की नेवाः खलः ( कास्की नेवार समाज ) लाइ सम्मान गरिने भएको छ।
साथै वरिष्ठ गाएक रमेश ताम्राकारको सम्झनामा कवयित्री मथुजु अञ्जना ताम्राकारले स्थापना गर्नु भएको वरिष्ठ गायक रमेश ताम्राकार लुमन्ति सिरपाः ( रमेस ताम्राकार स्मृति ) पुरस्कार वरिष्ठ गाएक प्रवेशमान शाक्यलाइ प्रदान गरिने छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३