नेवाः अर्गनाइजेसनले नेपाल च्याप्टरले शनिबार वसन्तपुरमा एक कार्यक्रम गरि छैठौं वर्ल्ड नेवाः दिवस मनाएको छ । हरेक वर्ष मार्चको अन्तिम शनिबारको दिन विश्व नेवाः दिवस मनाउँदै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख अतिथिमा भएको उक्त कार्यक्रममा बोल्दै गरीब बिपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताउनुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले गरीब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताउनुभएको हो।
त्यस्तै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली समाजलाई रुपान्तरण गर्न नेपालको भाषा, संस्कृतिमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपालभाषाको साथै नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान दिने जनकवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै नेपालको पहिलो चलचित्र ‘आमा’ मा आमाको भूमिका निर्वाह गर्ने अभिनेत्री चैत्यदेवी सिंहलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी चर्चित गायक प्रवेशमान सिंहलाई स्वर्गीय गायक रमेश ताम्राकारको नाममा स्थापित रमेश ताम्राकार संगीत पुरस्कारबाट पुरस्कृत गरिएको थियो । यस पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
सोही कार्यक्रममा प्रा.डा. त्रिरत्न मानन्धर, पूर्वराजदूत केदारभक्त माथेमा, पर्यटन व्यवसायी कर्ण शाक्य, उद्योगपति रुपज्योति कंसाकारलगायतलाई पनि सम्मान गरिएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३