अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले आइतबार केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीसहित सोहि केन्द्रका सिडिइ नबिन कुमार पोखरेल, सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, सेवा निवृत्त भएका रामबहादुर बुढा, शाखा अधिकृत शिशिर उपाध्याय रहेका छन् । त्यस्तै, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि. का प्रबन्ध निर्देशक रोहित मान प्रधान, मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि. का निर्देशक भुवन महर्जन, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौँको समेत संलग्नता रहेको पाइएको छ ।
अख्तियारले उनीहरु ९ जनाविरुद्ध दुई अर्ब ७ करोड २२ लाख रुपैयाँ बराबरको बिगो माग गरेको छ । पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङकको खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का लिएर काम गरेको उनीहरुविरुद्ध अख्तियारको आरोप रहेको छ ।
खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन विद्युतिय ट्रान्सफरमर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने कार्य उनीहरुले गरेका थिए । यसका साथै खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालन वापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामानको खरिद गरेको पाइएको छ ।
सरकारको सम्पत्ति गैरकानूनी तवरले हानि-नोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा उनीहरु ९ जनाले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दावी रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३