तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी भएका छन् ।
वाग्ले ३४ हजार ४ सय ८० मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन् । २० हजार ९२ मत प्राप्त गरे । एमालेका सर्वेन्द्र खनाल ८ हजार ५ सय ५५ मत प्राप्त गर्दै तेश्रो भए । १ लाख २३ हजार ३ सय ५ मतदाता रहेकामा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो ।
गत मंसिर ४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त प्रतिनिधिसभा सदस्य चयनका लागि आइतबार निर्वाचन भएको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले उपनिर्वाचनको मुखैमा काँग्रेस छाडेर रास्वपा प्रवेश गरेका हुन ।
वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् वाग्लेसँग अर्थशास्त्रीका रुपमा विश्व बैंक, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी लगायत प्रसिद्ध अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गरेको अनुभव छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३