हरेक पाँच वर्षमा नवीकरण हुँदै आएको चालक अनुमति पत्र (लाइसेन्स) अब १० वर्षमा नवीकरण हुने कानुनी प्रक्रिया अघि बढेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच वर्षको अवधि छिटो र झन्झटिलो पनि हुने भएकाले लाइसेन्स नवीकरण १० वर्षमा गर्ने कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।
उनले भने, ‘पाँच वर्षमा लाइसेन्स नवीकरण गर्ने काम छिटो र झन्झटिलो पनि हुने भएकाले १० वर्षमा नवीकरण गर्ने कानुनी प्रक्रिया अघि बढाएका छौँ । अबचाहिँ पाँच वर्षमा होइन १० वर्षमा नवीकरण गर्ने । त्यसो भयो भनेचाहिँ नयाँ स्मार्ट कार्ड छाप्नका लागि लोड वा प्रेसर पनि घट्ने छ ।’
यस्तै, विगतदेखि पेचिलो बन्दै आएको एम्बोइस्ड नम्बर प्लेटको सन्दर्भमा नेपाली वा नेपाली–अंग्रेजी जुनसुकै भाषा प्रयोग गर्न सकिने पनि उनले बताए ।
उनले भने, ‘एम्बोइस्ड नम्बर प्लेटको सन्दर्भमा नेपाली, नेपाली–अंग्रेजी वा अंग्रेजी तीनै भाषामा छाप्न मिल्न गरी लेख्न सकिनेछ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३