नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परीक्षाको बेला आएको बताए ।
‘भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनुपर्छ । त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाइकन, दृढताकासाथ अगाडि बढ्नुपर्छ । उहाँको जाँचको बेला पनि आएको छ । हाम्रो पूरा साथ सहयोग रहन्छ’ उनले भने ।
सत्ता सहयात्री दलहरुले पनि यो प्रकरणमा कुनै पनि दोषी र भ्रष्ट नउम्काउन प्रधानमन्त्रीलाई भनेको उनले नेता नेपालले बताए । ‘तर निर्दोषहरु अनावश्यक रुपमा बदनाम गर्ने कामहरु गर्ने र उनीहरुलाई अपमान गर्ने काम नहोस्’ उनले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३