नेपाल राष्ट्र बैंकले एउटा त्रैमासमा एकपटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था हटाएको छ । अब तीन महिनाको औसत आधार दरका आधारमा मासिक रूपमा ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ ।
‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्नेछ,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै निकालेको सूचनामा भनिएको छ ।
पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
अब बैंकहरूले आधार दर गणना गर्दा मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई प्रकाशित गर्नुपर्ने छ । अब पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम गर्न नपाइने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३