बुद्ध जयन्तीको अवसरमा विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाले विभिन्न कार्यक्रम गरेका छन् । उदाय् समाजले काठमाण्डौंको काष्ठमण्डपमा दीप प्रज्ज्वलन गरेको छ। गएको शुक्रबार १ हजार ६ सय भन्दा धेरै दीप प्रज्ज्वलन गरेको हो।
समुदायका सदस्यहरूविच आपसी सदभावको वातावरण पैदा गर्ने, दियोको किरणले अन्धकाररुपी अज्ञानतालाई निर्मूल गर्ने, बुद्धप्रति श्रद्धाभाव बढाउने र सकल प्राणी सुखी होस् भन्ने कामना कार्यक्रमको उद्धेश्य रहेको उदाय् समाजले जनाएको छ।
दीप प्रज्ज्वलनको लागि काष्ठमण्डप अगाडि रहेको डबलीमा भगवान बुद्धको प्रतिमा विराजमान गरिएको थियो। समाजका अध्यक्ष डा. रुपज्योति कंसाकार, ताम्राकार समाजका अध्यक्ष सूर्य रत्न ताम्राकार र वडा नम्बर २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले संयुक्त रूपमा भगवान बुद्धको प्रतिमामा वन्दना गरेर दीप प्रज्ज्वलन शुभारम्भ गर्नु भएको हो।
बालिएका पित्तलका दियोहरू मध्ये अधिकाशं उदाय् समाजका सदस्यहरूले आ-आफ्नो घरबाट ल्याएका थिए। कार्यक्रमस्थलको सजावट र व्यवस्थापन ताम्राकार समाजले गरेको थियो।
यसभन्दा अघि पनि उदाय् समाजले केलटोल, असन, नरदेवी, टेबहालमा दीप प्रज्वलनको कार्यक्रम गरिसकेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३