२०८० जेष्ठ २६, शुक्रबार
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।
उनलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबबहादृुर कार्कीले जानकारी दिए। उनलाई प्रहरी परिसर टेकु लगिएको छ।
आफू गृहमन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डे लगायत १० जना प्रमाणसहित पक्राउ परिसकेका छन्। हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाणको समेत नाम लिएका थिए।
आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाण तानिएका हुन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३