नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको टिप्पणी गरेको छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए।
उनले बहुदलीय व्यवस्था आएदेखि नै २०४७ सालदेखि नै भ्रष्टाचारमा छानबिन गर्न माग गरेको बताए।
पार्टी केन्द्रीय समितिको बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७