नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्नो पार्टीका सांसद टोपबहादुर रायमाझी बुधबार प्रहरीकहाँ हाजिर हुने भनिए पनि उनी नआएको बताएका छन्।
बिहीबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले रायमाझी निकटले आफूलाई फोन गरेको जानकारी दिए।
‘मलाई उहाँनिकटका मानिसले फोन गरेका थिए- के गर्ने भनेर,’ ओलीले भने,‘मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ। उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएन।’
ओलीले एमाले भ्रष्टाचारविरोधी पार्टी भएकाले कानुनी प्रक्रियालाई सघाउन रायमाझीलाई निर्देशन दिइएको बताए।
‘आरोप लाग्दैमा कोही दोषी हुँदैन, तर पक्राउ पुर्जी जारी नै भइसकेपछि उहाँले कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्छ भनेर हामीले उहाँलाई सचिवबाट निलम्बन गरेका छौं,’ ओलीले भने।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७