नेपाल खड्गी सेवा समितिको ५० औँ स्थापन दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । काठमाडौंको बसन्तपुरमा आयोजना गरिएको समितिको ५० औँ स्थापना दिवस काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले उद्घाटन गरेका थिए ।
आदिवासी जनजाति नेवार समुदायभित्रको उपजाति नायः सिंह, खड्गी तथा शाहीहरुको हकहित, उत्थान एवं सामाजिक संरक्षण, जातिय भेदभावको विरुद्ध निर्माण भएको समाज सेवाका विभिन्न कार्यहरु गर्दै आएको समाजका अध्यक्ष अन्जीता खड्गीको भनाइ छ । अशिक्षित र अज्ञानीलाई ज्ञान दिने र देश प्रति जिम्मेवार नागरिक तयार गर्ने नेपाल खड्गी सेवा समितिको मूल उद्देश्य रहेको उनको भनाइ छ ।
स्थापना दिवसको अवसरमा समितिले स्वर्ण स्मारिका समेत विमोचन गरिएको छ । समितिको स्वर्ण स्मारिका महानगरपालिका मेयर बालेन्द्र साहले सार्वजनिक गरेका थिए । युग परिर्वतन भइरहेको र मानव विकासको क्रम सँगै जातियताको कुरा गलत होकि भन्ने प्रश्न उठ्न सक्छ तर आफ्नो अस्तित्वसंग गाँसिएको आफ्नो जातिको अधिकारको विषयमा बोल्ने नैसर्गिक अधिकार भएको अध्यक्ष खड्गीको भनाइ छ ।
यसका साथै समितिको ८ औँ महाधिवेशन पनि आजनै सम्पन्न गरिने उनको भनाइ छ । महाधिवेशनले समितिको आगामी दिनमा समाजको समग्र विकासका कार्य अगाडि बढाउँदै राजनितिक निर्णय गर्ने ठाउँमा खड्गीहरुको पहुंच पु¥याउन ठोस कार्ययोजना र निति निमार्ण गर्ने छ बताइएको छ । कार्यक्रममा वरिष्ठ गायक प्रवेशमान शाक्य तथा नेवा आइडलहरुको प्रस्तुती समेत रहेको समितिका संरक्षक मजोज नेवाः खड्गीले जानकारी दिए ।
सो अवसरमा समितिका अध्यक्ष अन्जीता खड्गीद्धारा लेखित नायः प्रोफाइल नामक पुस्तक पनि विमोचन गरिएको छ । सो पुस्तक पनि महागरपालिका मेयर साहले विमोचन गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३