बागमती प्रदेशको पर्यटकिय क्षेत्रको प्रवर्दन तथा प्रचार गर्ने पत्रकारहरुको टोली भ्रमणमा निस्केका छन् ।
‘घुमफिर वर्ष २०७९/८० सफल पारौ’ भन्ने मुल नाराको साथ बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालयकाे आयोजना र नेपाल पत्रकार महासंघ बागमती प्रदेशको सम्वन्यमा भ्रमण भएको हो ।
बुधबार हेटौंडामा मन्त्रालयका निमित्त सचिव राधाकृष्ण खतिवडाले भ्रमणमा सहभागी टोलीलाई विदाई गर्दै बागमती प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरि प्रदेश सरकारको लगानीमा सम्पन्न भएका योजनाहरुको पनि समाचार सम्प्रेसण गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरले पत्रकारहरुले भ्रमणमा गएका बागमती प्रदेशका पर्यटकीय स्थलहरुको समाचार सम्प्रेषण गरि भ्रमणको शुभकामना ब्यक्त गरे ।
पत्रकारहरको भ्रमण टोलीमा बागमती प्रदेशका जिल्लाहरुबाट पत्रकारहरु सहभागी रहेका छन। हेटौंडाबाट निस्केको टोलीले मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ को पर्यटकीय स्थल चित्लाङमा त्यहाका स्थानीय होटल, होमस्टे, पर्यटन व्यावसायीसँग पर्यटकीय क्षेत्रको प्रवर्दन प्रचार प्रसारको विषयमा छलफल गरेका थिए।
पत्रकारहरुको भ्रमण टोली मकवानपुर, नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाहरूकाे पर्यटकीय क्षेत्रको भ्रमण गरि प्रचार प्रसार गर्ने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले जानकारी दिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३