Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१७ घण्टा अघि
२

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२२ घण्टा अघि
३

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
४

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
५

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
६

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
७

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
८

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

४ दिन अघि
९

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
१०

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
११

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि
१२

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२२ घण्टा अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१७ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

झन्झटिलो व्यवस्थाको अन्त्य हुँदै, एक सातामै सवारी चालक अनुमतिपत्र : मन्त्री ज्वाला

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० जेष्ठ ७, आईतबार (२ हफ्ता अघि)

  • ९० पटक पढिएको
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । पूर्व अरनिको यातायात प्रा.लि. ले आजदेखि सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उनले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताए ।

    मन्त्री ज्वालाले भने, “सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नु पर्ने जस्ता यहाँ भित्रका धेरै बेथिति केलाएका छौँ, त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।” नागरिकले सवारी चालक अनुमतिपत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए ।

    कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानुन नै बाधक बन्ने र त्यस्ता कानुनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने बताउँदै मन्त्री ज्वालाले भने, “अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ, त्यसलाई संशोधन गरी १० वर्ष पुर्याउने भएका छौँ, त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौँ, स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौँ ।”

    सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको बताउँदै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको सङ्कटका कारण पूर्वाधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आए पनि जनतासँग प्रत्यक्ष जोडिने सडक भएकाले सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताए । आफू मन्त्री भएर आएदेखि नै सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले अलपत्र र रुग्ण अवस्थामा रहेका सडकका योजनालाई टुङ्गोमा पुर्याउन मन्त्रालयले समयमै गुणस्तरीय सडक निर्माण गर्न अभियान नै थालेको बताए ।

    उनले सार्वजनिक सवारी सुरक्षित, भरपर्दो र थप सेवामुखी बनाउन प्रतिबद्धताका साथ काम गरिरहेको भन्दै यातायात क्षेत्रमा रहेका अव्यवस्था र जटिलतालाई सुुधार्न मन्त्रालयले थालनी गरेको बताउनुभयो । सडक पूर्वाधार राम्रो नहुँदासम्म यात्रुले सुविधा पाउन नसक्ने भन्दै उनले सडकलाई राम्रो बनाउने र दुर्गम ठाउँसम्म सुरक्षित सवारी सेवा पुर्याउन सडक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

    मन्त्री ज्वालाले भने, “मन्त्रालयको बढी चासो सडकको स्तर राम्रो र सार्वजनिक सवारीसाधन सुरक्षित गर्नतर्फ रहेको छ, सवारी दुर्घटनाको कहालीलाग्दो अवस्थाको अब अन्त्य हुनुपर्छ, सकेसम्म दुर्घटना नै नहोस्, भइहाले पनि कोही यात्रुको ज्यान नजाने अवस्था सिर्जना गर्नुपर्छ, त्यसका लागि सबै निकायसँग सहकार्य र समन्वय आवश्यक छ ।

    ट्राफिक व्यवस्थापनमा कडाइ गर्नुपर्ने तर यसका नाममा सवारी चालकले अनावश्यक दुःख पाउने अवस्था सिर्जना हुनु हुँदैन भन्दै उनले ट्राफिक प्रहरीले सहजीकरण र कडाइ दुवै गर्नुपर्ने बताए । मन्त्री ज्वालाले यातायात व्यवस्थासँग जोडिएका सवालमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सम्बन्धित सरोकारवालाले समन्वयात्मक ढङ्गले छलफल गर्दै समस्याको निकास निकाल्नुपर्ने औँल्याए ।

    यातायात व्यवस्थालाई सुधार र सुदृढ गर्न तथा भरपर्दो एवं सुरक्षित बनाउनका निम्ति सम्बन्धित सवालमा मन्त्रालयको सीमाभित्र रहेर महानगरपालिका, नगरपालिका ट्राफिक प्रहरी र अन्य मन्त्रालय तथा निकायसँग जोडिएर समन्वयन गरिरहेको उनले बताए ।

    कार्यक्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले विगत ५० वर्षदेखि कोटेश्वरपूर्वका जिल्लामा सार्वजनिक यातायातको सेवा दिँदै आएको प्रालिले श्रमिकका छोराछोरीका लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्दै आएको र आजदेखि तिनै मजदुरका छोराछोरीका लागि निःशुल्क चारवटा स्कुल बस सञ्चालनमा ल्याएको बताए ।

    चालक, सहचालकका छोराछोरीलाई निःशल्क पठनपाठनको व्यवस्था गर्दै आएकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको बताउँदै उनले मजदुरका छोराछोरी पनि डाक्टर, इञ्जीनियर बनाउन लागिरहेको बताए । उनले भने, “कोटेश्वरपूर्वका लागि जडीबुटीमा १४ रोपनी जग्गा भाडामा लिएर तीन करोडको लगानीमा १५ वर्षका लागि बसपार्क बनाउँदैछौँ, तर काठमाडौँ महानगरपालिकाले टिकट काउन्टर र यात्रु चढ्ने तथा ओर्लन नपाउने निर्णय गरेर जटिलता ल्याएको छ, महानगरले गर्दा जडीबुटीबाट कोटेश्वरसम्म बिहान ५ बजे यात्रुहरू अलपत्र पर्ने गरेका छन् ।”

    कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका प्रमुख पोषराज पोखरेललगायतले यातायात व्यवस्थाभित्र रहेका समस्यालाई समाधान गर्न आवश्यक रहेको औँल्याए । त्यस अवसरमा दुर्घटनामा निधन भएका अरनिको यातायात प्रा.लि. का बस चालक कृष्णराम कोजूकी पत्नी लक्ष्मी कोजूलाई प्रा.लि. को तर्फबाट रु १० लाख सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    हरप्रहर

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

  • गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    हरप्रहर

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

  • विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    हरप्रहर

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

  • जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा
    हरप्रहर

    जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

  • ताजा खबर
  • १

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १७ घण्टा अघि

  • २

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    २२ घण्टा अघि

  • ३

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ४

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • ५

    जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution