नेकपा एकीकृत समाजवादी तादी गाउँपालिका कमिटिले कार्यकर्ता भेला खरानिटारमा सम्पन्न गरेको छ। पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तारको कार्यक्रम अनुरुप भेलाको आयोजना गरिएको बताइएको छ।
पार्टिका पोलिटब्युरो सदस्य एबम पुर्व साम्सद राजेन्द्र प्रकाश लोहनीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा पार्टिमा कृयाशिल विभिन्न ब्यक्तिहरुको उपस्तिथि रहेको थियो।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी लोहनिले पार्टी सङ्गठन विस्तार र सुदृढीकरणमा द्रुत गतिमा लाग्न कार्यकर्ताहरुलाइ निर्देशन दिए । जनताको पिर, मर्का र समस्यालाइ सकेसम्म समाधान गर्ने अठोट आफुले लिएको भन्दै नेता लोहनिले कार्यकर्ताहरुलाई जनताको हितमा हुने बिकास निर्माणको कार्यमा हातेमालो गरेर हिड्न आह्वान गरे।
भेलामा नेकपा एकीकृत समाजवादी नुवाकोटका सचिव पदमा उप्रेती, पार्टिको केन्द्रीय निर्वाचन कमिटिका सदस्य वसन्त बस्नेत र प्रदेश कमिटी सदस्य राजु सडौलाले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए । आफ्नो धारणा राख्दै केन्द्रिय निर्वाचन कमिटिका सदस्य एबम अधिवक्ता वसन्त बस्नेतले वर्तमान अवस्थामा सबै जसो राजनीतिक पार्टिहरु र त्यसको नेतृत्व भष्ट्राचार लगायतका राष्ट्रघाती कृयाकलापमा सम्लग्न भएको तथ्यहरु बाहिरिदै गरेको परिपेक्षमा नेकपा एकीकृत समाजवादी पार्टी र त्यसको नेतृत्वमाथी कसैले प्रश्न उठाउन नसकेको बताए ।
भेलामा नेपाल खेलकुद महासंघ बाग्मती प्रदेश कमिटी अध्यक्ष उत्तम श्रेष्ठ, नुवाकोट – काठमान्डौ सम्पर्क मन्चका अध्यक्ष राजु कडेल, युवा सघका जिल्ला अध्यक्ष सुरेश अधिकारी लगायतको उपस्थिति रहेको थियो। सचिव सरु मिश्रले सन्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व तादी गाउँकमिटीका अध्यक्ष हरिचन्द्र श्रेष्ठले गरेका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३