नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले मधेस प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेका छन् ।
बिहीबार जनकपुरको जानकी मन्दिरमा पूजाआर्चना गर्दै भट्टराईले प्रदेशको जिम्मेवारी लिएका हुन् ।
बिहीबार सामाजिक सञ्जालमा फेसबुकमा उनले लेखेका छन्, ‘नेकपा (एमाले) मधेश प्रदेशको जिम्मेवारी ग्रहण, जानकी मन्दिर दर्शन।’
गत जेठ १९ मा बसेको नेकपा एमालेको सचिवालय बैठकले नेताहरुको जिम्मेवारीमा हेरफेर गरेको थियो ।
एमाले सचिवालयको निर्णय अनुसार योगेशले मधेस प्रदेश इन्चार्जको जिम्मेवारी प्राप्त गरेका थिए भने कोशी प्रदेशमा सचिव रघुवीर महासेठ,गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल,कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज भएका थिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३