सशस्त्र प्रहरी बल प्रस्तावित सुरक्षा गुल्म वीरगञ्ज पर्साले करिब डेढ करोड रुपैया बराबरको विभिन्न किसिमका भन्सार छलेर ल्याएको सामानहरु पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलले सिमानाकामा हुने अवैध तस्करीमा कडाई गरी चैत्र महिनाको पहिलो साता देखि जेष्ठ मसान्तसम्ममा करिब १ करोड ५७ लाख १२ हजार ३ सय २५ रुपैयाको सामानहरु बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल प्रस्तावित सुरक्षा गुल्मले तस्करीमा कडाई गरी वीरगंजको छपकैया, ईनार्वा, गण्डक, नागवा र ड्राईपोर्ट लगाएतको ठाऊबाट अवैध रुपले लत्ताकपडा, हाडयेवर, मोबाईल पार्टस्, काजु, स्याऊ र जुत्ता चप्पल लगायतको अवैध सामानहरु भारतबाट नेपाल भित्राईरहेको अवस्थामा पक्राउ गरी वीरगंज कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल सुरक्षा गुल्म भन्सार वीरगंजका गुल्मपती रामजंग पाण्डेले बताएका छन् ।
त्यसैगरी सशस्त्र प्रहरी बल प्रस्तावित सुरक्षा गुल्म वीरगंज पर्साले चैत्र महिनामा ३६ लाख २ हजार १ सय ५ रुपैयाँ बराबरको अवैध सामानहरु नियन्त्रणमा लिएको छ भने बैशाखमा ७० लाख २ सय २० रुपैयाँ मूल्य बराबरको र जेठ महिनामा ४८ लाख ५० हजार ९ सय ४० रुपैयाँ मूल्य बराबरको तस्करीको सामानहरु नियन्त्रणमा लिएको पाण्डेले बताए । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अवैध सामानहरु मध्ये ८२ लाख २८ हजार दुई सय १५ रुपैयाँ मूल्य बराबरको लत्ताकपडा ठुलो तथा साना सवारी साधन र हार्डवेयर सामग्री रहेको पनि पाण्डेले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७